मेस्सी पिएसजीमा जान सहमत 

Photo: Barcelona
Photo: Barcelona

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने पक्का भएकाे छन्। पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्। 

पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको बताईएको छ। ६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि गत शुक्रबार बार्सिलोना छाडेका थिए।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।

पीएसजीले यसअघि कीर्तिमानी रकममा बार्सिलोनाबाटै ब्राजिलियन स्टार नेयमारलाई भित्र्याएको थियो।

प्रकाशित मिति: : 2021-08-10 16:55:00

प्रतिकृया दिनुहोस्