एकै दिन ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा ४ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी गत २४ घण्टामा ३५ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार १५० पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २ हजार ११५ जना कोरोना सङ्क्रमित निको भएका छन्। हालसम्म ६ लाख ७३ हजार १९८ जना सङ्क्रमणमुक्त भएका छन्।

त्यसैगरी देशभर ३७ हजार ३३२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: : 2021-08-10 17:15:00

प्रतिकृया दिनुहोस्