लुम्बिनी: मुख्यमन्त्रीपछि यी मन्त्रीहरुले पनि राजीनामा दिँदै

करिब चार महिनादेखि लुम्बिनीमा चलिरहेको सत्ताको राजनीतिले अन्नतः नयाँ बाटो पाएकाे छ।

विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुनअगावै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका हुन्।उनले आज (बुधबार) बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यसैबीच जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका अन्य दुई जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले राजीनामा दिन लागेको बताइएको छ।

यसअघि हिजो (मंगलबार) भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पनि राजीनामा दिइसकेका छन्।



लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रकाशित मिति: : 2021-08-11 09:28:00

प्रतिकृया दिनुहोस्