लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएकाे एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पुष्टि गरे।

विपक्षी गठबन्धनले बहुमत रहेको दाबी गर्दै नयाँ सरकार गठनको दाबी गर्दै प्रदेशसभा अधिवेशन बाेलाएपछि उनले राजीनामा दिएका हुन्। उनलाई समर्थन गर्ने आशा गरिएकी  बिमला वली पुन: विपक्षी गठबन्धनमा लागेपछि पोखरेलले बहुमतको आशा गुमाएका थिए । 

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दाेस्राेपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। पोखरेलकाे राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेकाे छ।

प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा लागेका हुन्। बैठक आजै दिउँसो १ बजे बस्न लागेकाे छ। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्।

हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: : 2021-08-11 12:06:00

प्रतिकृया दिनुहोस्