नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, शाक्य विशिष्ठ श्रेणीमा रहने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्।

उनी यसअघि ४ वर्षे कार्यकाल पुरा गरेर २०७७ भदौमा पदबाट बाहिरिएका थिए। तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेकी हुन्।

यही साउन १९ गते भुसालले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन्। तर शाक्यले भने आफू कुनै राजनीतिक तरिकाले नभएर बडुवाको आधारमा नियुक्त भएको भन्दै राजीनामा दिन अस्वीकार गरेका थिए।

यसैबीच घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएसँगै शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पदमा राख्ने निर्णय गरिएको छ। शाक्यलाई अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधामा कुनै कम हुनेछैन। 

प्रकाशित मिति: : 2021-08-11 09:57:00

प्रतिकृया दिनुहोस्