कोभिड नेपाल: बिरामीको चाप बढ्दो, काठमाण्डू उपत्यकाका अस्पताल कस्तो अवस्थामा छन्?

बिबिसी

काठमाडौं

नेपालमा विगत केही सातामा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै अस्पतालहरूमा पनि चाप बढेको बताइएको छ।

बढी जनसङ्ख्या रहेको तथा देशका विभिन्न भागबाट आवतजावत बढी हुने सङ्घीय राजधानी काठमाण्डूका सरकारी तथा निजी अस्पतालहरूमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरू आउने सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ।

खास गरी सघन उपचार कक्ष (आईसीयू ) र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मानिसहरूको सङ्ख्या बढ्दै गर्दा आफूहरूकहाँ त्यस्ता शय्या उपलब्ध नरहेको बीबीसीले कुराकानी गरेको अस्पतालहरूले जानकारी दिए।

मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा कुल परीक्षणको १९.४ प्रतिशतमा कोभिड-१९ पुष्टि भएको थियो।

नेपालमा कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या १०,००० नाघिसकेको छ।

कति छ अस्पतालहरूको क्षमता?

सरकारी तथ्याङ्कअनुसार काठमाण्डू उपत्यकाका सरकारको स्वामित्व रहेका अस्पतालहरूमा जेनरल/एचडीयू शय्याको सङ्ख्या २,०६६ छ।

 

प्रकाशित मिति: : 2021-08-11 12:47:00

प्रतिकृया दिनुहोस्