विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पदबहाली

नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन्।

बुधबार दिउँसो रत्नपार्कस्थित कार्यालय पुगेर उनले पद बहाली गरेका हुन्। उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएलगत्तै उनी कार्यालय पुगेर पदबहाली गरेका थिए।

उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई चार वर्षे नियुक्तिपत्र प्रदान गरेकी छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो।

उनी यसअघि चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए। तत्कालीन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घिसिङको नियुक्तिमा बढी नै रुचि देखाएका कारण तत्कालीन केपी शर्मा ओलीले उनलाई पुनर्नियुक्ति दिएको थिएनन्।

घिसिंङको पालामा चुहावट नियन्त्रण र लोडसेडिङ अन्त्य भएको थियो। सरकारले प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने कुलमानसरह सेवा सुविधा पाउने गरी ऊर्जा आयोगमा सरुवा गरेको छ।

प्रकाशित मिति: : 2021-08-11 14:14:00

प्रतिकृया दिनुहोस्