लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाललाई स्थानान्तरण गरी रेडियोलोजिष्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ।

बैठकले प्रदेश खेलकुद परिषद्मा सदस्य मनोनयन गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले बताए। 

प्रकाशित मिति: : 2021-08-11 17:25:00

प्रतिकृया दिनुहोस्