संघदेखि प्रदेशसम्म एमालेलाई धक्का : प्रदेश सरकार दुईमा सीमित

रातोपाटी

काठमाडौं

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले एकपछि अर्को धक्का व्यहोर्नुपरेको छ । नयाँ संविधान निर्माणपछि पहिलोपटक भएको निर्वाचनमा ठूलो दल बनेपछि संघीय सरकारका साथै ४ वटा प्रदेशमा सरकार बनाएको एमाले संघीय सरकारका साथै क्रमशः प्रदेश सरकारको नेतृत्वबाट समेत बाहिरिन बाध्य भएको छ ।

चुनावपछि एमाले र माओवादी केन्द्रसँग मिलेर नेकपा बन्यो । नेकपा बन्दा केन्द्रसहित ७ वटा सरकारको नेतृत्व गरे पनि एमाले–माओवादी एकता झण्डै साढे तीन वर्षभन्दा बढी टिकेन ।

एमाले–माओवादी मिलेर बनेको नेकपा गत फागुन २३ पछि पूर्ववत् अवस्थामा पुगेसँगै केन्द्रदेखि प्रदेशमा समेत एमाले एकपछि अर्को गर्दै सत्ता छोड्न बाध्य भएको छ । केन्द्रमा अध्यक्ष केपी ओलीको ठाउँमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भैसकेका छन् ।

गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि सत्ता कम्पन व्यहोर्न बाध्य एमालेमा अझै त्यो कम्पन जारी छ । यो कम्पनले अध्यक्ष केपी शर्मा ओलीदेखि प्रदेशमा ओलीकै विश्वासपात्रका रुपमा रहेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलदेखि गण्डकीका पृथ्वी सुब्बा गुरुङसमेत सत्ता बहिर्गमनमा परिसकेका छन् ।

प्रकाशित मिति: : 2021-08-11 17:28:00

प्रतिकृया दिनुहोस्