थप ३२६० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३हजार २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ४६२ जनामा गरिएको परीक्षणमा ३ हजार २६० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

विगत २४ घण्टामा २ हजार २९४ निको भई घर फर्किएका छन्। योसँगै ६ लाख ७७ हजार ३७७ निको भई घर फर्किएका छन्।

यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३२ जनाको निधन भएको छ। अहिलेसम्म कूल १० हजार २१२ जना को कोरोना सङ्क्रमणबाट निधन भएको छ। 

प्रकाशित मिति: : 2021-08-12 17:51:00

प्रतिकृया दिनुहोस्