४६ वर्षदेखि अलपत्र तीनकुने, विद्यासुन्दरले पनि सकेनन् सपार्न

अनलाइनखबर

काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७४ सालको चुनावी प्रचारका क्रममा १०० दिनमा गर्ने १०१ कामको सूचीमा लेखेका थिए, ‘तीनकुनेमा अत्याधुनिक पार्कको निर्माण शुरु गर्ने ।’ सय दिनभित्र काम सुरु त भएन नै, मेयर शाक्यले पार्क निर्माणलाई प्राथमिकतामा राखेर काम पनि गरेका छैनन् ।

उनले पछिल्ला दुई आर्थिक वर्षका बजेटमा पार्क बनाउने काम अघि बढाउने गरी योजना नल्याएका पनि होइनन् । ४६ वर्षदेखि खाली बनेको तीनकुनेको मैदान अलपत्र र अस्तव्यस्त छ । 

सवारी सिक्ने र दुर्व्यसनीहरुको थलो बनेको छ तिनकुने चौर । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने बित्तिकै पुगिने मैदानकोे भद्रगोल राजधानी शहरका लागि नै अशोभनीय बन्न पुगेको छ ।

आफ्नो पाँचवर्षे कार्यकालमा मेयर शाक्यले यो तीनकुने पार्कको शिलान्यास पनि नगर्ने पक्का भइसकेको छ । किनकी यो आर्थिक वर्षको बजेटले पार्कको गुरुयोजना बनाइसक्ने लक्ष्य मात्रै लिएको छ ।

प्रकाशित मिति: : 2021-08-13 09:16:00

प्रतिकृया दिनुहोस्