इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोगमा थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ।
न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि आज पेशी तोकिएको थियो । तर आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको हो।
नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।