‘मिस्टर एण्ड मिस ब्लाइण्ड रकर्स सिजन ३’ भदौ ६ गते हुने

Breaknlinks
Breaknlinks

‘मिस्टर एण्ड मिस ब्लाइण्ड रकर्स सिजन ३’ भदौ ६ गते हुँदैछ। ‘इम्पावर योरसेल्फ ट ईम्पावर अदर्स’ भन्ने मूल नारासहित काठमाडौंको होटल एलएफमा गर्न लागिएको यस प्रतियोगितामा नेपालभरिका दृष्टिबिहीन व्यक्तिहरु समेटिएका छन्।

नेपालको ग्रामीण क्षेत्र अछाम, कालिकोट, इलाम, झापा लगायतका जिल्लाहरुबाट प्रतियोगितामा भाग लिने ४६ जना सहभागीहरुमध्ये  ‘अडिसन राउण्ड’ बाट १० पुरुष र १२ महिला छानिएका छन्।

प्रतियोगिताका सहभागीहरुलाई बोल्न, बस्न, हिँड्नलगायत विभिन्न किसिमका क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु प्रदान गरिएको छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य देशभरि छरिएर रहेका दृष्टिबिहीनहरुको आन्तरिक क्षमतालाई प्रस्फुटन गराउनुको साथै ‘दृष्टिबिहीनले के गर्न सक्छन् र ?’ भन्ने भन्दा पनि ‘उनीहरुले जे पनि गर्न सक्छन्, मात्र अवसरको खाचो छ’ भन्ने सन्देश सबैमा पुर्याउन उक्त कार्यक्रम गर्न लागिएको ‘ब्लाइण्ड रक्स’ की संस्थापक सृष्टि केसीले बताइन्।

जुलाई २५ मा ‘अडिसन’ गरिएको यस प्रतियोगिताको ‘ट्यालेण्ट राउण्ड’ अगस्ट ३ मा सम्पन्न गरिएको थियो। ‘मिस्टर एण्ड मिस्टर ब्लाइण्ड रकर्स’ को निर्णायक मण्डलमा पूर्व मिस नेपाल एवम् मिडियाकर्मी माल्भिका सुब्बा, कलाकार प्रशान्त ताम्राकार, दृष्टिबिहीनहरुको अधिकारको लागि क्रियाशील वीरेन्द्रराज पोख्रेल रहेका छन्।

‘ट्यालेण्ट राउण्ड’मा  योग–ध्यान प्रशिक्षक अश्लेसा ठकुरी, कोरियोग्राफर केशव थापा तथा गायक बुद्ध लामा सहभागी छन्। प्रमुख प्रशिक्षकमा मिस ग्राण्ट नेपाल उरुसा जोशी रहेका छन्।

मुकु वेयर, हायर ग्राउण्ड नेपाल, श्रेष्ठ टेलरिड ,न्यु क्रियशनलगायतले कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाँउबाट सघाएको ‘ब्लाइण्ड रक्स’ की संस्थापक केसीले जानकारी दिइन्।

प्रकाशित मिति: : 2021-08-13 14:34:00

प्रतिकृया दिनुहोस्