अभिनेता पल शाह पछिल्लो समय ठूलो पर्दाका साथै म्यूजिक भिडियोहरूमा पनि रुचाइएको चर्चित अनुहार हो। म्यूजिक भिडियो हुँदै अभिनय क्षेत्रमा होमिएका पल फिल्म भन्दा बढी म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन्।
पलले करिअरमा १५ सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकाे बताएका छन्। एक महिनामा मुस्किलले २–४ दिन मात्र खाली बस्ने पल हरेक दिन म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुन्छन्।
उनले आधुनिक, पपदेखि लोकगीतका भिडियोमा समेत काम गरिसकेका छन्। म्यूजिक भिडियोमा उनीसँग काम नगरेका मोडेल कमै होलान्। ‘को होला त्यो...’ नामकाे म्यूजिक भिडियोकाे अभिनयबाट चर्चामा आएका पलले फिल्म ‘नाइँ नभन्नू ल–४’ बाट अभिनय यात्रा डेव्यू गरेका थिए।
उनी जो अभिनेत्री तथा मोडेलसँग काम गर्छन्। उसैसँग उनको नाम जोडिएर आउने गरेको छ। ‘को होला त्यो’ मा काम गर्दा प्रकृतिसँग उनको नाम एको थियो। ‘नाइँ नभन्नू ल–४’ फिल्ममा काम गरे पश्चात् अभिनेत्री आँचल शर्मासँग जोडिएको थियो। जब आँचलको विवाह भयो तब उनको नाम पूजा शर्मासँग जोडियो।
पूजा शर्मासँगको नाम पनि बिस्तारै सेलायो। त्यसपछि म्यूजिक भिडियोका मोडेलहरूसँग नाम जोडिएर आयो। अझै त पछिल्लो समय उनको नाम मलिका महतसँग बढी जोडिएर आउने गरेको छ। यसअघि उनको गरिमा शर्मा, रियासा दाहालसँग नाम जोडिएर आएको थियो। यी मध्य पलसँग सबै भन्दा फिट् काे हाेलान् त्याे भने हेर्न बाँकी छ।