छोराछोरी तह लगाउन कि विहे कि विदेश?

सेतोपाटी

निरू त्रिपाठी

अहिले कोरोनाले विश्व नै आक्रान्त भएको अवस्था छ। पछिल्लो समयमा त नेपाल र अष्ट्रेलिया दुवै देशमा कोरोनाको संक्रमण ह्वातै बढेको पनि छ। यही कारणले पनि अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई ल्याइरहेको छैन।

कति नेपाली विद्यार्थीहरुको भिसा लागिसकेको छ तर उनीहरु आउन पाइरहेका छैनन्। कति विद्यार्थीहरुले भिसा अप्लाई गर्ने तयारीमा छन् तर कोरोनाकै कारणले रोकिरहेको छ। 

त्यसैकारणले पनि धेरैको अहिलेको सरोकार भनेको अष्ट्रेलियाको बोर्डर कहिले खुल्छ भन्ने हो। त्यो भन्दा पनि अर्को ठूलो कुरा अभिभावकलाई नेपालको लकडाउनले छोराछोरी बिग्रीसके भन्ने रहेको छ। उहाँहरुलाई लाग्छ छोराछोरीहरुलाई तह लगाउनैकै लागि भए पनि विदेश पठाइहाल्नु पर्छ। 

अव्यवहारिक छोराछोरीहरुलाई विदेश पठाउँदा केही हदसम्म व्यवहारिक हुन्छ भन्ने कुरामा म विश्वास गर्दछु तर शतप्रतिशत विग्रेको छोराछोरीहरुलाई तह लगाउन विदेश मात्रै एक ठाउँ हो भन्ने कुरामा मेरो फरक मत रहेको छ। 

 

प्रकाशित मिति: : 2021-08-14 10:10:00

प्रतिकृया दिनुहोस्