प्रदेश १ मा एक्लिए माधव समूहका 'जर्नेल' भीम

सेतोपाटी

काठमाडौं

नेकपा एमालेका सचिव भीम आचार्यलाई नेता-कार्यकर्ता ‘जर्नेल’ भन्छन्। निकटकै साथीसँग पनि खुलेर नबोल्ने, जो 

कसैलाई नमस्कारसमेत नफर्काउने अनि सधैं औपचारिक कुरा मात्र गर्ने उनको बानीले उनलाई पार्टीभित्रको ‘जर्नेल’ बनाएको नेताकार्यकर्ताहरू बताउँछन्।

एमाले छँदा पूर्वमा र नेकपाकालमा प्रदेश १ को पाटी संगठनमा शक्तिशाली मानिने माधव नेपाल समूहका हर्ताकर्ता आचार्य पछिल्लो समय कमजोर बन्दै गएका छन्।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई ‘मिलाउन’ सक्रिय रहेका उनी आफ्नै प्रदेशमा भने टिमभित्रै एक्लिँदै गए। 

आफ्नै समूहका विश्वास पात्रहरूले साथ छाड्ने अनि ओली समूहका प्रदेशका नेता-कार्यकर्ताले स्वीकार नगर्ने अवस्था भएपछि प्रदेशमा आचार्यको राजनीतिक शक्ति कमजोर बन्दै गएको हो।

लगातार अविश्वासी काम गर्दै गएको र टिमलाई धोका दिएका कारण उनी एक्लिएको एमाले नेपाल समूहका नेताहरूको भनाइ छ।

‘नवौं महाधिवेशन ताका नै जबरजस्ती टिममा ल्याएर सचिवमा जिताएका थियौं। त्यो बेला पनि दिलखुस भएर टिममा आएका होइनन्,’ एमाले नेता जगन्नाथ खतिवडाले सेतोपाटीसँग भने, ‘त्यसपछि पनि टिम अनुकूल गतिविधि थिएन।

अहिले त संकटकै बेलामा पनि टिम र माधव नेपाललाई धोका दिएपछि उनीप्रतिको विश्वास हरायो। त्यसैले उनी प्रदेशमा एक्लिए।’

प्रकाशित मिति: : 2021-08-14 18:36:00

प्रतिकृया दिनुहोस्