कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडामा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्। अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै विद्यार्थी संगठनहरुले ताला लगाएका हुन्।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी)ले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन्।
संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएका अहिलेको विषम परिस्थितीमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको र विश्वविद्यालयले अघि सारेको वैकल्पिक शिक्षण कार्यविधि २०२० अनुरुप अनलाइन परिक्षा तोकिएकै समयमा गर्नको लागि २४ घण्टाको अल्टिमेटम समय दिएको संयुक्त विद्यार्थी संगठनले जनाएका छन्।
विश्वविद्यालयले यस्तो विषम परिस्थितीमा समेत विद्यार्थीको स्वास्थ्यलाई ख्याल नगरी भौतिक रुपमा परिक्षा लिने निर्णय नसच्याएमा र विद्यार्थीका जायज माग पुरा नभएमा आन्दोलनलाई जारी राख्ने विज्ञप्तीमा उल्लेख छ।