प्रधानमन्त्री देउवासँग पूर्वकप्तान खड्काको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आज भेटेका छन्। 

भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने र ती रोमाञ्चक जित तथा मुलुकलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा उनलाई धन्यवाद दिएका थिए।

खड्काले यही साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए। नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै प्रधानमन्त्री देउवाले सरकारको साथ र सहयोग सधैँ रहने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-14 21:49:00

प्रतिकृया दिनुहोस्