अफगानिस्तान: तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलको कति नजिक पुगेका छन्?

बिबिसी

काठमाडौँ

तालिबान लडाकु समूहले अफगानिस्तानका एक पछि अर्को सहर आफ्नो नियन्त्रणमा लिएसँगै हजारौँ सर्वसाधारणहरू तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन्।

उक्त लडाकु समूह पनि हाल काबुल नजिक पुगेको बताइएको छ।

अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबान लक्षित हवाई हमला गरेको विवरणहरू आइरहेका छन्।

अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र अघि बढ्ने प्रयास गर्न सक्ने आकलन गरेको बताइएको छ।

पछिल्लो हप्ता तालिबानले तीव्र गतिमा देशका विभिन्न स्थानहरूमा आफ्नो पकड जमाउँदै गएको छ।

हिजो तालिबानले पुल-ए-आलम नियन्त्रणमा लिएको थियो जुन सङ्घीय राजधानी काबुल भन्दा ८० किलोमिटर टाढा छ।

प्रकाशित मिति: : 2021-08-15 06:37:00

प्रतिकृया दिनुहोस्