अन्तिम पटक ‘नागीन ४’मा देखिएकी रश्मी देसाइको पछिल्लो तस्वीरले समाजिक सञ्जाल तताएको छ।
सानो पर्दामा सशक्त भूमिका निर्वाह गर्ने रश्मी देसाईले आफ्ना फ्यानहरुलाई लक्षित गर्दै ‘हट–हट’ फोटो पोस्ट गरेकि छिन्।
उनले ‘स्टाग्राम’मा राखेको तस्बिरले खुबै चर्चा पाएको छ। दसाईको अनुहारमा पानीको थोपा खसेको देखिन्छ, जुन फोटो सबैको आकर्षण बनेकाे छ। कालो क्रमको ड्रेस लगाएकी दसाईको हेराई पनि उस्तै छ।
देसाई अन्तिम पटक ‘नागीन ४’ मा देखिएकी थिइन्, जसबाट उनले निकै लोकप्रियता हासिल गरिन्। उनी ‘दिल से दिल तक’ को सिरियलमा बिग बोस १३ प्रसिद्धि सिद्धार्थ शुक्लासँग देखिएकी थिइन्।