'इन्डियन आइडल-१२' को उपाधि पवनदीपको पोल्टामा, पाए कार र २५ लाख नगद 

गायन रियालिटी शो 'इन्डियन आइडल-१२' को उपाधि पवनदीप राजनले हात पारेका छन्।

भारतको उत्तराखन्ड कुमाउँको चम्पावतका पवनदीपले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई पछि पार्दै उपाधि जितेका हुन्।

शोको उपाधि जितेका पवनदीपले २५ लाख नगद र कार पाएका छन् भने शोको फर्स्ट रनरअप अरुणिता, सेकेन्ड रनरअप सायली कांबले, चौथो मोहम्मद दानिश र पाँचौ निहाल तारो बने।

सोनी टीभीबाट प्रसारण हुने उक्त शोको फाइनलमा अनु मलिक, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, मीका सिंह, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी  लगायतका कलाकार पुगेका थिए।

२४ वर्षे पवनदीप गायनमा मात्र नभएर उनी वाद्यवाधनमा पनि उत्तिकै पोख्त छन्।

प्रकाशित मिति: : 2021-08-16 11:19:00

प्रतिकृया दिनुहोस्