नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तानको विकसित पछिल्लो घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
प्रचण्डले अहिले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गरेका छन्।
‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्।’
उनले यसका लागि आफू र आफ्नो पार्टीले आवश्यक सम्पूर्ण पहल र सहयोग गर्ने बताएका छन्।