शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द

File photo
File photo

शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ। 

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौं १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए। 

शुक्लागण्डकी नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने भएकाले बन्द गरिएको प्रवक्ता कुमालले बताए। 

पहिरो पीडितलाई आर्थिक सहयोग  

जिल्लाको ऋषिङ गाउँपालिका–८ का  माझकोटका मृतक खुमबहादुर आलेको परिवारलाई सोमबार रु २५ हजार सहयोग गरिएको छ। 

मृतकका बुबा लालबहादुरलाई जिल्ला समन्वय समिति तनहुँका सदस्य नीलबहादुर थापाले उक्त रकम हस्तान्तरण गरेका हुन। 

छिमेकी पालिका घिरिङ गाउँपालिका–५ धेनुङ घर भई हाल युके बस्दै आएका देवी र फुलबहादुर आलेबाट रु १५ हजार, ऋषिङ–८ भर भई हाल युके बस्दै आएका बलराम र किरण आलेबाट रु पाँच हजार र ऋषिङ– ६ गोठादी घर भई हाल दमौली बस्दै आएका दिलकुमारी र सुभाव थापाबाट रु पाँच हजार गरी सङ्कलन भएको उक्त रकम हस्तान्तरण गरिएको स्थानीय बुद्धिजीवी इन्द्र आलेले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-08-16 21:46:00

प्रतिकृया दिनुहोस्