अमेरिकी सेनाको जहाजमार्फत कराेडाैं मुल्य बराबरकाे स्वास्थ्य सामाग्री नेपाल आउदै

Photo : Reuters
Photo : Reuters

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालकाे लागि विभिन्न स्वास्थ्य उपकरण र सामाग्री पठाउने भएकाे छ।

संघले काेराेनाकाे महामारीलाई नियन्त्रणमा लिन सहयाेग गर्दै एक करोडभन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउन लागेकाे हाे। उक्त सामाग्री अमेरिकी सेनाको जहाजमार्फत आगामी अगष्ट २७ मा नेपाल पठाइनेछ। 

हाल संघका पदाधिकारी, बोर्ड सदस्य र च्याप्टरका प्रतिनिधिहरूले सहयोग सङ्कलन तथा स्वास्थ्य सामग्री खरिदकाे कामलाई तिव्रता दिएका छन्। कार्य समिति र आफ्नो तर्फबाट अधिकतम सहयोग जुटाउन पहल गरिरहेकाे अध्यक्ष बुद्धि सागर सुवेदीले बताए।

यसैबीच नेपाल सरकारलाई सहयोग स्वरूप पठाउन लागेकाे स्वास्थ्य उपकरण र सामग्रीको ढुवानीमा अमेरिकी सरकारले सहयाेग गर्ने भएकाे हाे।सामाग्री नेपाल आइपुगेपछि अमेरिकी सहयोग नियोग युएनडीपीले सम्बन्धित ठाउँसम्म पुर्‍याउन सहयोग गर्नेछ ।
 

प्रकाशित मिति: : 2021-08-17 09:17:00

प्रतिकृया दिनुहोस्