'तिम्रो आवाज मेरो सुत्ने बेलाको साथी'

सेतोपाटी

काठमाडाैं

प्रभाकर गौतम

सामाजिक सञ्जालका माध्यमहरू अलिकति निजी हुन्, अलिकति सार्वजनिक। फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब लगायत डिजिटल स्पेसलाई कति निजी र कति सार्वजनिक बनाउने रोजाइ हाम्रै हो। 

निजी कुरा पोख्न पाइने सामाजिक सञ्जालमा आलाकाँचा भावना अभिव्यक्त गर्न धेरै सोच्नु पर्दैन। यस्तै भावना पोख्दापोख्दै सामाजिक सञ्जालले कतिलाई परिपक्व समेत बनाइदिन्छ।

नपत्याए अस्मिता गौतम 'बरी' लाई सोध्नुस्।

२१ वर्षीया अस्मिताले डेढ वर्षअघि युट्युब च्यानल 'सिल्ली सङ्स एन्ड सटल पोयम्स' सुरू गरेकी थिइन्। निजी स्पेसका रूपमा खोलेको यो च्यानल आज उनको सार्वजनिक परिचयको माध्यम बनेको छ।

सिल्ली सङ्स एन्ड सटल पोयम्समा अस्मिता कथा, कविता, गीत र भ्लग आदि छोटा भिडिओ अपलोड गर्छिन्। उनको मीठो आवाज र आकर्षक प्रस्तुतिकै आधारमा अचेल उनलाई कविता प्रस्तुतिका लागि अनुरोधसमेत आउन थालेका छन्। 

प्रकाशित मिति: : 2021-08-17 10:42:00

प्रतिकृया दिनुहोस्