महन्थ ठाकुर पक्ष र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ठाकुर पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेताले प्रधानमन्त्री देउवालाई भेटेका हुन्।

नेता भण्डारीका अनुसार भेटमा जसपा नेताले विगतको सरकारसँग भएका सहमति कार्यान्वयनबारे छलफल भएको छ।

प्रधानमन्त्रीसँगको भेटमा महन्थ ठाकुरले दल विभाजन गर्ने अध्यादेश ल्याउन माग समेत गरेका छन्।

उनीहरुले जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2021-08-17 11:29:00

प्रतिकृया दिनुहोस्