सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी फुटाउन सक्ने प्रावधान राखेर पारित गर्‍यो अध्यादेश

फाइल तस्वीर
फाइल तस्वीर

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पास गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याएर मात्र दल विभाजन गर्न पाउने व्यवस्थालाई संशाेधन गरी कुनै एकमा मात्र २० प्रतिशत सदस्य पुगे पनि नयाँ दल बनाउन सक्ने प्रावधानका लागि उक्त अध्यादेश ल्याउन लागेको हो।

मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा मात्र २० प्रतिशत सदस्य पुर्‍याएमा पनि दल विभाजन गर्नसक्ने व्यवस्था गरिएको छ । 

माधव नेपाल समूहलाई एमाले फुटाएर नयाँ पार्टी गठन गर्न सजिलो पार्न उक्त अध्यादेश जारी गरिएको हो तर त्यसले सत्तरुढ गठबन्धनभित्रको जनता समाजवादी पार्टीबाट महन्थ ठाकुरलाई पनि नयाँ पार्टी गठनका लागि सजिलो हुने छ।

एमालेले भने यस्तो अध्यादेश ल्याएमा प्रतिवाद गर्ने निर्णय यसअघि नै गरिसकेको छ। संघीय संसद्को अधिवेशन अन्त्य गरी गरेको भोलिपल्टै अध्यादेश जारी गरेकोप्रति सरकारकाे आलाेचना भइरहेकाे छ।



एमाले फुटाएर संसद्मा बहुमत पुर्‍याउने देउवा–प्रचण्डको तयारी, नेपाललाई सजिलो बनाउन अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने गृहकार्य

प्रकाशित मिति: : 2021-08-17 14:15:00

प्रतिकृया दिनुहोस्