फेसबुकद्वारा तालिबानसम्बन्धी सामग्रीमाथि प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुकले तालिबान समूहलाई आतंकवादी संगठन मान्दै तालिबान र उसलाई समर्थन गर्ने सबै सामग्रीलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाएको छ।

कम्पनीले यो समूहसँग जोडिएको सामग्री निगरानी र हटाउनको लागी अफगान विशेषज्ञहरुको एक टिम बनाएकाे जनाएकाे छ। वर्षौंदेखि तालिबानले आफ्नो सन्देश फैलाउन सामाजिक सञ्जाल प्रयोग गर्दै आइरहेको छ।

तालिबानले अफगानिस्तानमाथि द्रुतगतिमा कब्जा गरेपछि टेक्नोलोजी फर्महरुको लागि यो समूहसँग सम्बन्धित सामग्रीहरु कसरी व्यवहार गर्ने भन्ने नयाँ चुनौतिहरु थपिएको छ।

'तालिबानलाई अमेरिकी कानून अन्तर्गत आतंकवादी संगठनको रुपमा स्वीकृत गरिएको छ, हामीले उनीहरुलाई हाम्रो खतरनाक संगठन नीतिहरु अन्तर्गत हाम्रो सेवाहरुबाट प्रतिबन्धित गरेका छौं। यसको मतलब हामी तालिबानद्वारा वा तर्फबाट राखिएका अकाउन्ट हटाउँछौं र उनीहरुको प्रशंसा, समर्थन र प्रतिनिधित्व गर्न निषेध गर्दछौं,' फेसबुका प्रवक्ताले बताएकाे बीबीसीलाई जनाएकाे छ।

'हामीसँग अफगानिस्तान विशेषज्ञहरुको एक समर्पित टीम छ, जो मूल निवासी दारी र पश्तो भाषीहरु हुन् र स्थानीय सन्दर्भको ज्ञान छ, हामीलाई प्लेटफर्ममा देखिएको मुद्दाहरुलाई पहिचान गर्न र सचेत गराउन मद्दत गर्नेछ,' प्रवक्ताले भने।

सामाजिक सञ्जालका अग्रणिले यसले राष्ट्रिय सरकारहरुको मान्यताको बारेमा निर्णय गर्दैन बरु 'अन्तर्राष्ट्रिय समुदायको अधिकार' लाई पछ्याउँछ। यो नीति यसको प्रमुख सामाजिक मिडिया नेटवर्क, इन्स्टाग्राम र ह्वाट्सएपसहित सबै प्लेटफार्महरुमा लागू  हुने फेसबुकले जनाएकाे छ। 

रिपोर्टहरु अनुसार तालिबानले संचारको लागि व्हाट्सएपको उपयोग गरीरहेका छन। फेसबुकले बीबीसीलाई भन्यो यदि यो एपमा खाताहरु समूहसँग जोडिएको पाईयो भने कारवाही हुनेछ। प्रतिद्वन्द्वी सोशल मिडिया प्लेटफर्महरुले पनि तालिबान सम्बन्धी सामग्रीलाई कसरी समाल्छन् भन्ने बारेमा छानबिनको घेरामा आएका छन्।

संगठनले अफगानिस्तानको नियन्त्रण फिर्ता लिएसँगै उक्त समूहका प्रवक्ताहरुले आफ्नो हजारौं अनुयायीहरुलाई अपडेट गर्नको लागि ट्विटर जस्ता समाजिक सञ्जाल उपयोग गरेका छन्।

तालिबानले ट्विटरको प्रयोगको बारेमा बीबीसीको प्रश्नको जवाफमा एक कम्पनीका प्रवक्ताले हिंसात्मक संगठनहरु र घृणित आचरण बिरुद्धका नीतिहरु रहेको प्रकाश पारेका छन।

यसको नियम अनुसार ट्विटरले आतंकवाद वा नागरिकहरु विरुद्ध हिंसा बढाउने समूहहरुलाई अनुमति दिदैन। अल्फाबेटको यूट्यूबले तुरुन्तै तालिबानको सम्बन्धमा आफ्ना नीतिहरुमा टिप्पणीको लागि बीबीसीका अनुरोधलाई कुनै प्रतिक्रिया दिईएको छैन।

प्रकाशित मिति: : 2021-08-17 14:01:00

प्रतिकृया दिनुहोस्