पार्टी एकता असम्भव छ, ओली सुध्रिए भने चुनावमा हातेमालाे गराैलाः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी एकता लगभग असम्भव रहेकाे बताएका छन्।

माधव समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सम्बोधन गर्दै उनले दुवै पक्षबाट पार्टी एकताको प्रक्रिया अघि बढाइए पनि अब एकता लगभग असम्भवकाे चरणमा पुगेको बताएका हुन्।

उनले भने, 'केपी ओलीले नै पार्टी एकताकाे ढाेका बन्द गरे। अब पुनर्गठन गर्नुको विकल्प छैन। नयाँ ढंगले अघि बढिनेछ। ओली सुध्रिए भने चुनावमा हातेमालाे गराैला।'

नेता नेपालले आफ्ना कार्यकर्ताहरुलाई धैर्य गर्न र आक्रमक नबन्न पनि आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले पनि आज माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा सूचना दर्ता गरिसकेको छ।

प्रकाशित मिति: : 2021-08-17 18:00:00

प्रतिकृया दिनुहोस्