रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण मंगलबारबाट शुरू भएको छ। पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ।
रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु.रेडियोक्यान्डिड.कम मा पनि हुने बताइएकाे छ।
रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन्।
रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ। साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ।