बिकिनी लगाएर तालिबानलाई टक्कर दिने काे हुन् यी अफगानी सुन्दरी ?

Photo : vida samadzai facebook
Photo : vida samadzai facebook

तालिबानले सत्ता कब्जा गरेपछि यतिबेला विश्वको ध्यान नै अफगानिस्तानतर्फ छ।

तालिबानले पत्रकार सम्मेलन गरेर नयाँ सरकारमा महिलाहरुलाई पनि सहभागी गराउने घोषणा गरेको छ। तर, महिलाहरुको लागि तालिबानको नीति भने निकै कठोर मानिदै आएको छ।

यसअघिको तालिबान नीति अनुसार महिलाहरुलाई अनुहार देखाउन, नाच्न र गाउन, रमाइलो गर्न, बजारमा एक्लै हिँड्न, १० वर्षसम्म स्कुल जान नपाउने लगायत विभिन्न स्वतन्त्रताहरुमा प्रतिबन्ध लगाएको पाइन्छ।

यसो भनिरहदा अफागानिस्तानकै एक महिला भने यी प्रतिबन्धलाई तोड्दै चर्चामा आएकी छन्। 'मिस अफगानिस्तान'को उपाधि जितेकी अभिनेत्री विदा समद्जाईले सामाजिक सञ्जालमा बिकिनी तस्वीरहरु शेयर गर्दै महिलाहरुले पनि स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्नेमा जोड दिएकी छन्।

उनले विभिन्न कार्यक्रमहरुम बिकिनी लगाएर क्याटवाक गर्दै व्यक्तिगत स्वतन्त्रतामा कसैले हस्तक्षेप गर्न नपाउने आशय व्यक्त गरेकी हुन्।

उनले भनेकी छन्, 'देखाउन मिल्ने अंगहरु प्रदर्शन गर्दा कसैलाई समस्या हुन्छ भने त्यो मेरो समस्या होइन। तर, महिलाहरुले पनि व्यक्तिगत स्वतन्त्रतामा बाँच्न पाउनुपर्छ।'

प्रकाशित मिति: : 2021-08-19 17:29:00

प्रतिकृया दिनुहोस्