विद्राेही संगठन तालिबानले अफगानिस्तान कब्जामा लिएपछि काबुलबाट मानिसहरुलाई उद्धार गर्न आएकाे अमेरिकी विमानमा चढ्न खोज्दा अफगानका एक राष्ट्रिय खेलाडीकाे मृत्यु भएकाे छ।
एक खेल महासंघका अनुसार राष्ट्रिय युवा टोलीमा खेल्ने अफगान फुटबलर जाकी अन्वारीको मृत्यु भएकाे अल्जाजिराले जनाएकाे छ।
अफगानिस्तानको शारीरिक शिक्षा र खेलकुद महानिदेशालय र खेलकुद समूहसँग मिलेर काम गर्ने एक सरकारी संस्थले अन्वारीको मृत्युको भएकाे पुष्टी गरेका छन्।
'हजारौं अफगानी युवाहरु जस्तै अन्वारी पनि देश छोड्न चाहन्थे तर अमेरिकी विमानबाट खसेर मृत्यु भयो,' समूहले बिहीबार एक फेसबुक पाेष्टमा भनेकाे छ।
राष्ट्रपति अशरफ घनी भागेपछि सत्ता सम्हालेपछि तालिबानको आक्रमणपछि उनीहरु भाग्नको लागि हजारौं अफगानहरु यस हप्ता देश छोड्नको लागि विमानस्थल पुगेका छन्।