अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन्। अश्लिल भिडियो निर्माणको प्रकरणमा पति राज कुन्द्रा पक्राउ परेपछि उनले शोबाट ब्रेक लिएकी थिइन्।
कुन्द्राको पक्राउ परेपछि शिल्पा पनि विवादमा तानिएकी थिइन्। त्यसैले उनले शोबाट ब्रेक लिएकी हुन्। यसै साता प्रसारण हुने शोमा शिल्पा देखिने भएकी िछन्।
शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रुपमा सहभागी भएका थिए।
शिल्पाका श्रीमान् कुन्द्रा १९ जुलाइमा गिरफ्तारीमा परेका थिए। कुन्द्रा पक्राउ परेको भोलिपल्ट शिल्पाले सुपर डान्सरको सुटिङ नगर्ने फैसला लिएकी थिइन्।