बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ।

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।  

प्रकाशित मिति: : 2021-08-22 14:11:00

प्रतिकृया दिनुहोस्