झापामा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

Symbolic photo
Symbolic photo

झापा कन्काई नगरपालिका एकै परिवारका तीनजना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार झापाको कन्काई नगरपालिका-१ का रविन विक, उनकी श्रीमती मुना विक र आठ महिनाकी छोरी रुविना विक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका छन्। प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-23 11:12:00

प्रतिकृया दिनुहोस्