अफगानिस्तानबाट फर्किए थप १४९ नेपाली

File photo
File photo

अफगानिस्तानबाट थप १४९ जना नेपाली स्वदेश फर्किएका छन्।

अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँ दिल्ली पुर्याइएका नेपालीहरु काठमाडौँ आइपुगेका हुन्। यससँगै अहिलेसम्म स्वदेश फर्किनेको संख्या ६५४ जना पुगेको छ।

उनीहरुलाई सिसिएमसीको समन्वयमा सामाखुशीस्थित होल्डिङ सेन्टरमा कोभिड परिक्षण गरेर सम्बन्धित ठाउँसम्म पुर्याइएको बताइएको छ। 


 

प्रकाशित मिति: : 2021-08-23 18:22:00

प्रतिकृया दिनुहोस्