झाँक्रीलाई चाैधरीले भने- 'तात्तै खाम-तात्तै मरम नगर्नुस्', यस्ता छन् नेकपा (एस)ले गरेका निर्णयहरू

नेकपा (एमाले)बाट छुट्टिएर नयाँ दल नेकपा (एकीकृत) समाजवादी बनाएका माधव नेपालसहित ७० भन्दा बढी नेताहरु यतिबेला चन्द्रागिरी रिसोर्टमा छन्।

निर्वाचन आयोगले सनाखतको लागि बोलाएको मितिभन्दा दुई दिन अगावै आन्तरिक छलफलका लागि माधव समूहका नेताहरु रिसोर्टमा जुटेका हुन्।

उनीहरु बुधबार निर्वाचन आयोग जाँदैछन्। त्यतिन्जेलसम्म नेता नेपालसहित अन्य नेताहरु रिसोर्टमै बस्ने माधव समूहकै एक नेताले जानकारी दिए।

मंगलबार साँझको छलफलले नेकपा एकीकृत समाजवादी अन्तरिम विधान २०७८ पारित गर्दै घोषणापत्रसमेत अनुमोदन गरेको छ।

बैठक अहिले पनि चलिरहेकाे छ। विधान अनसार पार्टीको नाम छोटकारीमा नेकपा (एस) राखिनेछ।

पार्टीमा अध्यक्ष, वरिष्ठ नेता, सातै प्रदेशको नेतृत्व हुने गरी सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहनेछन्। केन्द्रीय समितिमा भने १५१ जना सदस्य रहनेछन्।

बिहानकाे संयाेग

यसैबीच आज (मंगलबार) बिहान नेताहरु चिया खान रिसोर्टको गार्डेनमा पुगेका थिए।

वेटरले चिया लिएपछि उनीहरु चिया पिउँदै अनौपचारिक गफ गरिरहेका थिए। त्यतिबेला रामकुमारी झाँक्रीले चिया सुरुप्प पार्दा तातोको कारण जिब्रो पोल्यो। उनी हत्तारिदै छेवैमा रहेको बोटलको पानी पिइन्।

त्यो देखेपछि उनलाई जिस्काउँदै मेटमणि चौधरीले भने, 'तात्तै खाम-तात्तै मरम नगर्नुस्। चिया विस्तारै लिनुस्।'



माधव नेपालसहित ५२ जना नेताहरू चन्द्रागिरी रिसोर्टमा: ३१ वटा काेठा बुकिङ, कसले व्यहाेर्दै छ खर्च ?

झाँक्रीकाे लागि सिंगल काेठा, चौधरी र आलेले 'बेड' शेयर गर्दै, यसरी सुत्नेछन् अन्य नेताहरु

पर-पुरुषसँग सांसद वलीकाे फाेटाे बाहिरिएपछि नयाँ तरंग, सम्पत्ति संरक्षणकाे लागि अदातलमा मुद्दा

प्रकाशित मिति: : 2021-08-24 10:22:00

प्रतिकृया दिनुहोस्