बिएल संवाददाता
नेकपा (एमाले)बाट अलग्गिएका माधव नेपालसहित ५२ जना नेताहरु यतिबेला चन्द्रागिरीस्थित चन्द्रागिरी रिसोर्टमा छन्।
माधव समूहले नयाँ दल दर्ताको लागि निवेदन दिएपछि नेता नेपालका दाहिने हात मानिने नेताहरु पनि यतिबेला तेस्रो धारमा देखिएका छन्।
उनीहरु न त पार्टी अध्यक्ष ओलीसँग मिल्न सकेका छन्, न त माधव समूहको नयाँ पार्टीमा नै जान सकेका छन्। उनीहरु अझै पनि पार्टी एकताको लागि दौडधुप गरिरहेका छन्।
यसैबीच नेता नेपालसहित ५२ जना नेताहरुबीच यतिबेला चन्द्रागिरी रिसोर्टमा आवासीय छलफल चलिरहेको छ। ५२ जनामध्ये २८ जना भने सांसद रहेका छन्।
नयाँ दलको सनाखतका लागि माधव समूहलाई निर्वाचन आयोगले बुधबार बोलाएको छ। तर त्यसपूर्व नै माधव समूहका नेताहरु आन्तरिक छलफलको लागि चन्द्रागिरी रिसोर्टमा जुटेका हुन्।
आफूहरु बुधबारसम्म रिसोर्टमै रहने माधव समूहका एक नेताले जानकारी दिए। साथै उनले ३१ वटा कोठा बुकिङ गरिएको बताए।
रिसोर्ट स्रोतले दिएको जानकारी अनुसार नेता नेपालको लागि एउटा सुविधा सम्पन्न कोठा तयार पारिएको छ। त्यस्तै मेटमणि चौधरी र प्रेमबहादुर आलेले भने एउटै कोठामा बेड शेयर गर्दैछन्। यस्तै अन्य नेताहरुले पनि बेड शेयर गरेर सुत्नेछन्।
रामकुमारी झाँक्रीको लागि पनि सिंगल बेडसहितको कोठा तयार पारिएको रिसोर्ट स्रोतले जानकारी दिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया