बिएल संवाददाता
लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीविरूद्ध उनका साहिँला जेठाजु अमर वलीले ‘अंश संरक्षण’ सम्बन्धी मुद्दा दर्ता गरेका छन्।
उनले प्रणय वली र दिवाकर वलीको तर्फबाट गत भदौ ३ गते दाङ–देउखुरी जिल्ला अदातलमा मुद्दा दर्ता गरेका हुन्। प्रणय र दिवाकर सांसद वलीका छाेरा हुन्।
पति उत्तरकुमार वलीको २०७५ फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएपछि उनको नाममा भएको सबै सम्पत्ति विमलाको नाममा नामसारी भएको थियो। उक्त सम्पत्ति रोकी नाबालक छोराहरुको नाममा राख्न मुद्दामा मागदाबी गरिएको छ।
प्रदेशसभा सदस्य विमलाको पर–पुरुषसँग आलिङ्गन गरिरहेको फोटो गत साता सार्वजनिक भएसँगै घर–परिवार शसंकित भएको पारिवारिक स्रोतले जनाएको छ।
सांसद् वलीका दुई छोरा छन्। उनीहरू दुवै जना नाबालक हुन्। आफ्ना दुई नाबालक छोराहरूसँग बस्दैआएकी छिन्।छोराहरूको उमेर १८ वर्ष पुगेको छैन।
‘उनीहरूको उमेर नपुगेसम्म सम्पत्ति संरक्षण गरी पाऊँ’ भनी साहिँला जेठाजु अमर वलीले जिल्ला अदातलमा मुद्दा दर्ता गरेका छन्। मुद्दा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको अदालत स्रोतले जनाएको छ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसद वलीको सम्पति तथा बैँक खाता रोक्का हुने बताइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया