विद्युत प्राधिकरणमा कुलमान नियुक्तिको सक्कल फाइल तीन दिनभित्र पेश गर्न सर्वोच्चकाे आदेश

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो। 

आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग राखेर  हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।

इजलासले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल तथा प्राधिकरण र शाक्यबीच भएको सम्झौताको फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको छ। 

प्रकाशित मिति: : 2021-08-24 16:18:00

प्रतिकृया दिनुहोस्