अष्टलक्ष्मीलाई बधाई दिएर सुरु भयाे एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेकाे स्थायी कमिटीको बैठक शुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि बोलाइएको स्थायी कमिटी बैठक ललितपुरकाे च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठनमा सुरू भएकाे हाे। 

बैठकमा लामो समयसम्म माधवकुमार नेपाल समूहमा रहेका तर उनको नयाँ पार्टीमा नगएका अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी छन्।

त्यस्तै, बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु पनि सहभागी छन्।

बैठकमा पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने र १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन्।

अष्टलक्ष्मी शाक्यलाई बधाइ दिएर सुरु भएकाे बैठक अहिले जारी छ।


 

प्रकाशित मिति: : 2021-08-24 16:26:00

प्रतिकृया दिनुहोस्