हिट गीत ‘सम्झिनी पानी छम्किनी’नाममा कमेडी फिल्म निर्माण हुने

हिट गीत 'सम्झिने पानी छम्किने'लाई दर्शकले अत्याधिक माया दिएपछि सोहीगीतको नाम बाट फिल्म बन्ने भएको छ। सोही गीतका गायक कम्पोजर तथा रचनाकार सम्राट् चौलागाँइले केही टिम सँग मिलेर फिल्म बनाउने तयारी गरेका हुन्। 

हाल फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ। कमेडी जनरामा निर्माण हुन लागेको फिल्मलाई निर्देशक विक्रम स्वाँरले निर्देशन गर्ने छन्। सरकारले छायाङ्कनको अनुमति दिने बित्तिकै फिल्मको कामलाई अगाडी बढाउने निर्माण टिमको योजना छ।

गीतको पहिलो भाग हिट भए पस्चात उनले दोश्रो भागलाई बजारमा ल्याएका थिए। करिब एक महिना अगाडि तिज भर्सनमा सार्वजनिक भएको यो गीतलाई हालसम्म १ करोड माथि दर्शकले हेरी सकेका छन्।

गीतमा अभिनेता भुवन केसी र दीपाश्री निरौलाले जोडी बाँधेका छन् भने आकाश र स्वस्तिमालाई पनि जोडीको रूपमा देख्न सकिन्छ। गीतमा सम्राट्को अलावा रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर समावेश रहेको थियो।    

प्रकाशित मिति: : 2021-08-25 14:22:00

प्रतिकृया दिनुहोस्