पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण,४४ जनाको मृत्यु

File photo
File photo

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, २४ घण्टामा ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, वितेको २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी १ हजार ७८१ जना संक्रमणमुक्त भएको जानकारी मन्त्रालयले दिएको छ।

नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ। देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ६१० जना आइसियु र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-25 17:16:00

प्रतिकृया दिनुहोस्