'भोइस अफ नेपाल सिजन ३' का विजेता किरण गजमेरको आवाजमा 'पारौँ कान्छी झ्याइँ झ्याइँ' बोलको गीत सार्वजनिक भएको छ। केदार उप्रेतीको शब्द र राजन राज सिवाकोटीको संगित गीतमा समावेश यो गीतमा शिशिर खातीले भिडियोको निर्देशन तथा कोरीयोग्राफी गरेका छन्।
भिडियोमा सलोन बस्नेत, शिशिर राणा, आइपी आचार्य ,सुरेश न्यौपाने, ओजस्वी थापा,आर्जूँ बैजु लगायतको अभिनय देख्न सकिन्छ।
सन्कल भुजेलको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन र राजेन्द्र मोक्तानले कलरिङ् गरेका छन्। फ्ल्याग अन क्राफ्ट स्टुडियो युट्युब च्यानलमा भिडियोलाई हेर्न सकिने छ।