माधवले र मैले लड्डु खान नपाइ ड्याम्म टाउकोमा घन हानियो : प्रचण्ड

रातोपाटी

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुडमा भने हुन नहुने बताएका छन् ।  वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौंँ, कुनबेला घन हान्छन् पत्तो हुन्न’, पहिलोपटक ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर भएपछि माधव नेपालसँग मिलेर लड्डु खाएको प्रसंग स्मरण गर्दै प्रचण्डले भने, ‘पहिलो चोटी संसद पुनर्स्थापना भएपछि माधवले र मैले लड्डु खाइयो । त्यो लड्डुको स्वाद जान पाएको थिएन दुईटा पार्टी भए ।

ड्याम्म फेरि टाउकोमा धन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई सम्याइयाछ, अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ ।’ समाजवादी विचारमा स्पष्ट भएमा तथा प्रतिक्रान्तिलाई रोक्नेतर्फ इमान्दार भएमा जित निश्चित भएको प्रचण्डले बताए । 

प्रकाशित मिति: : 2021-08-28 19:36:00

प्रतिकृया दिनुहोस्