पोखरामा ७ जुवाडे नगदसहित पक्राउ 

Symbolic photo
Symbolic photo

पोखरामा ७ जुवाडे पक्राउ परेका छन्। पोखरा १५ सिताराम हाउजिङस्थित लाल प्रसाद गुरुङको डेरामा जुवा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेका ७ व्यक्तिलाई प्रहरीले समातेको हो। प्रहरीले नगद जुवाडेसहित चौरासी हजार पाँच सय पच्चीस रुपैयाँ नगद र ४ बुक ताससहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।

पक्राउ पर्नेमा स्याङ्जा पुतली बजार ८ काउले घर भई हाल पोखरा १५ सीताराम हाउजिङ बस्ने ५१ वर्षीय लाल प्रसाद गुरुङ, स्याङ्जा आँधीखोला गाउँपालिक ४ घर भई हाल पोखरा १५ टुटुङ्गा बस्ने ३७ वर्षीय सुशिल रानाभाट, स्याङ्जा आँधिखोला गाउँपालिका ३ घर भई हाल कास्की पोखरा ७ सिर्जना चोक बस्ने  २८ वर्षीय कल्याण पौडेल छन्।

यस्तै, स्याङ्जा पुतली बजार ८ घर भई हाल पोखरा १५ नयाँगाउँ बस्ने ४७ वर्षीय विकास गुरुङ, स्याङ्जा पुतली बजार ९ घर भई हाल पोखरा ९ नौँडाडा बस्ने ३६ वर्षीय मनोज गुरुङ, स्याङ्जा वालिङ ३ माझकोट घर भई हाल पोखरा १५ नयाँगाउँ बस्ने  २४ वर्षीय मनोज गुरुङ र स्याङ्जा शुक्लागण्डकी नगरपालिका ११ घर भई हाल पोखरा १५ सीताराम हाउजिङ मै बस्दै आएका ३७ वर्षीय प्रकाश गुरुङ हुन्।

प्रकाशित मिति: : 2021-08-31 18:26:00

प्रतिकृया दिनुहोस्