प्रदेश १ मा एमालेका १० सांसदले गरे एकीकृत समाजवादी पार्टीमा सनाखत 

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन्।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आज एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन्।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ। 

प्रकाशित मिति: : 2021-09-01 12:52:00

प्रतिकृया दिनुहोस्