मन्त्रिपरिषद् विस्तारका तीन अड्चन : पुगेन भ्यागुताको धार्नी !

भदौ २२ सम्म ढिलाइ गर्ने पक्षमा उपेन्द्र यादव र माधव नेपाल

रातोपाटी

लोकेन्द्र भट्ट

मन्त्रिपरिषद् विस्तारको तयारीमा तत्कालका लागि फेरि ब्रेक लागेको छ। सरकार गठनको ५० दिन कटिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता हुन र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका लागि सहजता खोज्दाखोज्दै  ५० दिन कटेको छ।

प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको भारसहित ५० दिन सरकार हाँकिरहेका छन्। जसपाको आधिकारिकता साउन ११ मा टुङ्गिए पनि सरकारमा जान उपेन्द्र यादवलाई साइत जुरेको छैन। देउवा सरकार गठनका लागि निर्णायक भूमिका खेलेका माधव नेपाललाई सत्तारुढ गठबन्धनबाट बाहिरिन नदिन पनि देउवाले लामो समय कुरे।

भदौ ९ गतेबाट माधव नेपालको नेतृत्वका नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा थियो। तर, सत्तारुढ गठबन्धनका नेताहरू सैद्धान्तिक छलफलमै अल्झिएको अवस्था छ। पार्टीको अभिमुखीकरण कार्यक्रमका लागि उपेन्द्र यादवले भदौ १४ गतेसम्मका लागि समय मागे।

प्रकाशित मिति: : 2021-09-01 14:19:00

प्रतिकृया दिनुहोस्