सुनसरीको बर्जुमा ट्याक्टर दुर्घटना भएको छ। श्री कृष्ण जन्म अष्टमीको पूजा विसर्जन गरी मूर्तिलाई बुढी खोलामा सेलाएर फर्कने क्रममा दुर्घटना भएको हो।
ट्याक्टर दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्थानीयहरुले बताएका छन्।
घाइतेहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ।