नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि, नयाँ बानेश्वरबीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ।
सो सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत श्री डा.राजेश देव बीच हस्ताक्षर भएको हो।
सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल,निर्देशक गोपाल घिमिरे, कामु नायव निर्देशक रोशन जंग कार्की, उप निर्देशक अमृत बहादुर अधिकारीको उपस्थिती रहेको थियो।
सो सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दशै तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०/२० प्रतिशत, माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलब ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी कोषका सहभागी र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दशै र तिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुट दिने सम्झौतामा उल्लेख छ। यस सम्झौताले कोषमा बिभिन्न योजनाहरुमा सहभागि भएका योगदान कर्ताहरुले लाभ लिन सक्ने छन्।